अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ कास्की अध्यक्षमा लामा

केन्द्रभाग मिडिया

गिता राना

पोखरा  ।
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ कास्कीको अध्यक्षमा सरोज लामा सर्वसम्मत रुपमा चयन भएका छन । शनिवार आयोजित संघको प्रथम भेलाले कास्कीको अध्यक्षमा सरोज लामा सहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

जस अन्तर्गत संघको उपाध्यक्षमा भरत बहादुर सुवेदी, सचिवमा सविता कुमारी शर्मा र कोषाध्यक्षमा सीता अधिकारी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा जीवन तिवारी, शिव पाण्डे, वैकुण्ठ भण्डारी, बिकास भुजेल, मन बहादुर धामी र मञ्जु गौतमलाई चयन गरिएको छभने दुई जना सदस्य पछि मनोनित गरिने संघले जनाएको छ ।

उक्त कार्यक्रममा अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका केन्द्रीय अध्यक्ष विमला आचार्य, केन्द्रीय उपाध्यक्ष रीता भट्ट, गण्डकी प्रदेश इन्चार्ज दिल कृष्ण नेपाली, केन्द्रीय सदस्य नविन पुजारी, गण्डकी प्रदेश सह इन्चार्ज गुण्डा श्रेष्ठ (मिन), गण्डकी प्रदेश अध्यक्ष हरि पौडेल, गण्डकी प्रदेश उपाध्यक्ष पदम बहादुर बस्नेत, प्रदेश सचिव बलराम आचार्य लगायतको उपस्थिती थियो ।

  • २१ फाल्गुन २०७८, शनिबार २२:३४ प्रकाशित