सप्तरी कांग्रेसमा नयाँ नेतृत्व छान्न मतदान हुदैँ

केन्द्रभाग मिडिया

सप्तरी ।
नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान सुरु भएको छ । जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सहसचिवमा धनश्याम साह र मनोज खड्काको उम्मेदवारी दिएका छन्।

साहको प्यानलबाट उपसभापतिमा रामकुमार साह, ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सहसचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ ।

२० गतेका लागि तोकिएको निर्वाचन एक दिन पछि सरेर आज हुन लागेको हो ।

  • २१ फाल्गुन २०७८, शनिबार ११:०२ प्रकाशित