प्रचण्डको ब्रिफिङ: ‘एमसीसी पाससँगै गठबन्धन निर्वाचनसम्म कायम रहने पक्का’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास भएसँगै गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने पक्का भएको ब्रिफिङ गरेका छन् ।

आजबट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसीसी पारित गर्नुको कारणबारे पनि प्रकाश पारेका थिए । राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणासहित पारित भएको भन्दै यसमा आफूहरुको जित भएको दाबी गरेका थिए ।

उनले अब एमसीसीलाई धेरै विवादित नबनाउन नेताहरुलाई आग्रह गरेका छन् । एमसीसी अनुमोदनमा माओवादी सहभागि भएपछि माओवादी भित्र दुई कित्ता देखिएको छ। एमसीसी १५ फागुनमा सदनबाट अनुमोदन भएपछि माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, अञ्जना विशंखेलगायतले फरक मोर्चा बनाएका छन् ।उनीहरुको असन्तुष्टिसँगै माओवादी फुटको संघारमा रहेको छ।

  • २० फाल्गुन २०७८, शुक्रबार १६:४५ प्रकाशित