एमसीसीको विरोधमा वृहत प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसदबाट एमसीसी पारित गरेको विरोधमा काठमाडौंमा साना वामपन्थी दलहरूले वृहत प्रर्दशन गरेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले संयुक्त रुपमा विरोध सभा गरेका हुन् ।

खुला मञ्चमा विरोध सभा आयोजना गर्नुअघि वामपन्थी दलहरुले विरोध र्‍यालीको आयोजनासमेत गरेका थिए ।

  • २० फाल्गुन २०७८, शुक्रबार १६:१७ प्रकाशित