पेट्रोल व्यवसायीले बन्द गरे ढुवानी: बजारमा अभाव हुन सक्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

कमिसन वृद्धि नगरेको भन्दै पेट्रोलियम व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरेका छन् ।

नेपाल आयल निगमले गएरातीबाट यन्धनको मूल्य बढाए पनि बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको भन्दै उनीहरुले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन् ।पम्पले आज यसअघि निगमबाट लिएको तेल बेचे पनि शुक्रबार लोड नलिएपछि बजारमा पेट्रोल, डिजेलको अभाव हुने भएको छ।

थानकोट डिपोको अनुसार अहिलेसम्मको अवस्थामा सेना, प्रहरी, ससस्त्र प्रहरी र साझा पेट्रोल पम्पले मात्रै इन्धन लोड गरेका छन ।

निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार बिक्रेताहरुले मूल्य वृद्धिको आधारमा प्रतिलिटर ३.१४ प्रतिशत कमिसन पाउँदै आएका थिए । बिहीबार रातिदेखि देखि नयाँ मूल्य लागू भएपछि प्रतिशतको आधारमा कमिसन वृद्धि हुँदा व्यवसायीलाई प्रतिलिटरमा थप ०.१५ पैसा कमिसन दिनुपर्थ्यो ।

तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दैनिक उकालो लाग्दा निगमको नोक्सानी चुलिएको छ । जसले गर्दा निगम सञ्चालक समितिले बिक्रेता कमिसन हाललाई फागुन ७ गते कायम भए अनुसार नै यथावत राख्ने निर्णय गरेको थियो । त्यसको विरोधमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले डिपोबाट इन्धन ढुवानी रोकेको हो ।

  • २० फाल्गुन २०७८, शुक्रबार १५:५८ प्रकाशित