पोखरामा गगनले भने, अर्ली इलेक्सन हुनसक्छ

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संसदको अवरोध हट्न नसके अर्ली इलेक्सन हुन सक्ने संकेत गरेका छन् । पोखरा भएको अगुवा कार्यकता भेलालाई सम्बोधन गदैँ महामन्त्री थापाले संसदको अवरोध छिट्टै नहटे नयाँ ढंगले सोच्ने बताए ।

संसदको अवरोध खोल्न विभिन्न दृष्टिकोणबाट छलफल भइरहेको थापाले बताए । संधीय चुनाव मंसीरमा गर्ने की त्यस भन्दा पहिले गर्ने सोच्छौँ, थापाले भने, तर बैशाख ३० को स्थानीय चुनाव तलमाथी नहुने ठोकुरा गरे । संसद जे भए पनि स्थानीय चुनाव प्रभावित नहुने उनको भनाई थियो ।

नेपालमा अर्को राजनीतिक दुर्घटना नपरोस् भन्ने हामी चाहन्छौँ त्यसका लागि गठबन्धन बनेको थापाले बताए । एमसीसीको विरोध गर्नेहरु उत्तेजनाको राजनीति गरेको थापाले आरोप लागाए । कम्युनिष्ट धेरै भएको नेपालमा उत्तेजनाको राजनीति गर्ने मानिसहरुको दुकान चलेको उनले बताए ।

एमसीसी विवादकाबीच पनि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझले देशले निकाश पाएको दावी गरे । थापाले स्थानीय तह नजिक आइसकेको भन्दै थापाले टोलटोलमा संगठन निर्माणमा जोड दिन कार्याकर्तालाई निर्देशन दिए ।

महामन्त्री थापाले फागुन २९ देखि ७७ जिल्लामै घरघर जाऔं कांग्रेस जिताऔं अभियान सुरू र यो अभियान एक महिनासम्म चल्ने जानकारी दिए ।

  • २० फाल्गुन २०७८, शुक्रबार १६:४८ प्रकाशित