जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’

केन्द्रभाग मिडिया

एजेन्सी ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई सँगै बसेर सीधा कुराकानीका लागि आग्रह गरेका छन् ।

जेलेन्स्कीले लामो टेबलमा विश्वका नेताहरूसँग पुटिनले संवाद गर्ने कुरा उल्लेख गर्दै जेलेन्स्कीले भनेका छन् , ‘मसँगै बस्नुस्, ३० मिटर टाढा होइन ।’

फेब्रुअरी २४ देखि युक्रेनी भूमिमा रुसले लगातार आक्रमण गर्दै आएको छ ।रुस र युक्रेनका अधिकारीबीच दोस्रो चरणको वार्तामा पनि कुनै समाधान ननिस्केपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष वार्ताका लागि आग्रह गरेका हुन् ।

साथै उनले पश्चिमा मुलुकलाई सैन्य सहायता बढाउन पनि उनको अनुरोध छ । पुटिनको सैन्य कारबाही नरोक्ने भने उनले युरोपका अन्य देशमा पनि आक्रमण गर्न सक्ने जेलेन्स्कीको आकलन छ ।

  • २० फाल्गुन २०७८, शुक्रबार १४:५६ प्रकाशित