करिब पाँच महिनापछि संवैधानिक इजलास गठन

केन्द्रभाग मिडिया

काठमाडौं ।

वरिष्ठतम न्यायाधीश दीपक कार्कीको नेतृत्वमा सर्वोच्च अदालतमा हड्ताल भएपछि बस्न नसकेको संवैधानिक इजलास करिब पाँच महिनापछि आज गठन भएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा वरिष्ठ न्यायाधीशहरु समेटेर इजलास गठन भएको हो । इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

संवैधानिक इजलास भने गोला प्रक्रियाबिनै गठन भएको छ । न्यायपरिषद्ले तोकेका न्यायाधीशहरूबाट संवैधानिक इजलास गठन हुने भएकाले गोला तान्न नपर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध वरिष्ठ न्यायाधीश र बारको आन्दोलनपछि संवैधानिक इजलास बस्न सकेको थिएन ।

शुक्रबारको इजलासमा भने राजनीतिक मुद्दाहरू छैनन् ।

  • २० फाल्गुन २०७८, शुक्रबार १३:४० प्रकाशित