पल शाह प्रकरणमा बाबुरामले भने,‘मर्दकी दशवटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नायक पल शाह प्रकरणले देशका राजनितिक गतिविधिका समाचारलाई छाँयामा पार्न थालेको छ।

नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पह शाह प्रकरणले देशकै ध्यान केन्द्रित गर्न थालेको छ । यसैबीचमा राजनीतिक वृत्तबाट पहिलो टिप्पणी आएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत् टिप्पणी गरेका हुन्। उनले पितृसत्तात्मक भनाई ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको भन्दै नाबालिग गायिकाप्रति सहानुभूति प्रकट गरेका छन्।

डा। भट्टरार्ईले लेखेका छन्, ‘नाबालिग किशोरीको यौनशोषणसम्बन्धी अतिसंवेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति–समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशवटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो ।’

  • २० फाल्गुन २०७८, शुक्रबार १३:१९ प्रकाशित