रुसका विदेश मन्त्री भन्छन्,‘तेस्रो विश्वयुद्ध भए आणविक युद्ध हुन्छ’

केन्द्रभाग मिडिया

रुसका विदेश मन्त्री सर्गेई लाभरोभले पश्चिमा देशहरूकै कारण आणविक हतियारसहितको तेस्रो विश्वयुद्धको जोखिम भएको बताएका छन् ।

आज बिहीवार मस्कोमा भएको पत्रकार सम्मेलनमा बोल्दै विदेश मन्त्री लाभरोभले पश्चिमा देशका केही नेताहरूले आणविक युद्धमा जान उक्साइरहेको र यसकै कारण तेस्रो विश्वयुद्धको जोखिम रहेको बताएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका क्रियाकलाप र रुसमाथिको प्रतिबन्ध हेर्दा यसको विकल्प तेस्रो विश्वयुद्ध देखिएको लाभरोभको भनाइ छ । विदेश मन्त्री लाभरोभले आणविक हतियारसहितको तेस्रो विश्वयुद्ध हुनेरनहुने विषय रुसको नभइ पश्चिमा देशको व्यवहारमा भर पर्ने बताएको खबरमा उल्लेख छ ।

यदि रुसविरुद्ध पश्चिमाहरूले साँच्चै युद्ध चाहेको भए उनीहरूले आणविक हतियारसहितको तेस्रो विश्वयुद्धबारे पनि सोचेको हुन सक्ने उनको भनाइ छ ।

  • १९ फाल्गुन २०७८, बिहीबार १६:४३ प्रकाशित