दिनुपर्ने पैसा नदिएको निहुँमा हत्या, दुई पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

पैसा नदिएको निहुँमा काठमाडौंमा एक व्यक्तिको हत्या भएको छ ।

काठमाडौंंको बुढानीलकण्ठ–५ थाकथोकमा बुढानीलकण्ठ ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ। हत्यामा संलग्न भएको अभियोगमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान पक्राउ परेका छन् ।

उनीहरुले बयानमा राउतलाई बाँसले टाउकोमा हानेर हत्या गरेको बताएका छन् । हत्या भएका राउतले पक्राउ परेका याकुभ र करणलाई ३५ हजार दिनपर्नेमा त्यो रकम दिन नमानेपछि झगडा हुँदा हत्या भएको प्रहरील अनुसन्धानले बताएको छ।

प्रहरीका अनुसार राउतको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

  • १९ फाल्गुन २०७८, बिहीबार १४:३७ प्रकाशित