मतदाताको अन्तिम नामावली चैत्र १० गते प्रकाशन गर्दै निर्वाचन आयोग

केन्द्रभाग मिडिया

भक्तपुर ।

निर्वाचन आयोगले चैत्र १० गते अन्तिम नामावली प्रकाशन गर्ने योजना बनाएको छ ।

विभिन्न ठाउँबाट सङ्कलन भएका नामावलीहरु जिल्ला जिल्लामा पठाइसकिएकोले आगामी चैत्र १० गते अन्तिम नामावली प्रकाशन गर्ने बताएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जिल्लाले प्रिन्ट गरेर ती नामावलीहरु एक–एक कपी वडा कार्यालयमा सार्वजनिक गर्नका लागि पठाउँने र त्यहाँ नामावलीबारे दावी विरोध हुने बताए ।

नामावलीमा विवरण छुट्ने, बिग्रने, दोहोरिने, मृत्यु भएका मानिसहरूका नाम हटाउनेलगायतका काम स्थानीय तहले गर्ने उनले बताए । यस्तै, मतदाता नामावली दर्ता गर्दा जिल्ला फरक भएमा नाम, थर, उमेर लगायतका त्रुटि भएमा सच्याउने काम स्थानीय तहले गर्ने सहायक प्रवक्ता आर्यालले बताए ।

वडाबाट यसरी विवरण शुद्धीकरण भएपछि जिल्ला निर्वाचन कार्यालयमा नामावली पुग्ने उनले बताए । त्यस लगत्तै जिल्ला निर्वाचन कार्यालयले गल्ती सच्याएर निर्वाचन आयोगमा अन्तिम विवरण पठाउँछ । अन्यमा जिल्लाबाट आएका नामावलीलाई प्रक्रिया पु(याएर आयोगले अन्तिम मतदाता नामावली तयार गरी सार्वजनिक गर्नेछ ।

  • १९ फाल्गुन २०७८, बिहीबार १४:१७ प्रकाशित