नारायणकाजी श्रेष्ठ पक्षको बैठक हात्तिवनमा, माओवादी फुट्छ की जुट्छ

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित गरेको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) भित्र विवाद उत्पन्न भएको छ । नेताहरु पार्टी अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठको पक्षमा बाडिएका छन् । यता नेता श्रेष्ठले आफू पक्षधर केन्द्रीय सदस्यहरूको दुई दिनदेखि आन्तरिक बैठक गरिरहेका छन् ।

सोही विषयलाई लिएर श्रेष्ठले नयाँ पार्टी गठन गर्ने कि माओवादीभित्र अन्तरसंघर्ष गरेर जाने भन्ने विषयमा आफू पक्षधर केन्द्रीय सदस्यहरूसँग निरन्तर छलफल गर्दै आएका हुन् ।

स्रोतका अनुसार श्रेष्ठ पक्षका केन्द्रीय सदस्यहरूको हात्तीवनस्थित उनको निवासमा बिहीबार पनि छलफल चलिरहेको छ । श्रेष्ठ निकट माओवादीका एक केन्द्रीय सदस्यका अनुसार शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा जाने कि नजाने ? केन्द्रीय समितिमा जाँदा पार्टी सुधारका लागि आफू पक्षबाट दस्तावेज लिने भन्ने विषयमा श्रेष्ठ पक्षधरको छलफल भइरहेको छ ।

अध्यक्षले त्यसो भनिसकेपछि देशव्यापी रूपमा के हो कुरा ? भनेर चासो व्यक्त भइरहेका छन् । अध्यक्षले भित्रैदेखि भनेको हो र नयाँ पार्टी गठन गरेर जानुस् भन्ने नै उहाँको कुरा हो भने हेपिएर बस्ने भन्ने कुरा हुँदैन, श्रेष्ठ निकट एक नेताले भने ।

 

  • १९ फाल्गुन २०७८, बिहीबार ११:३० प्रकाशित