सु-संस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा मिलोसः राष्ट्रपति भण्डारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारले सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताइन् ।

भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त नेपाल सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित रहेको राष्ट्रपतिको भनाइ छ । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गरिन् ।

ग्याल्पो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले गरेकी छिन् । मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ ।

  • १९ फाल्गुन २०७८, बिहीबार ०९:११ प्रकाशित