यस्तो छ, आजको मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।

दिउँसो सुदुरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ । सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै र बाकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना  छ।

सुदुरपश्चिम प्रदेशका केही र बाकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का हिमपातको सम्भावना  छ ।
राति देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना  छ ।

 

  • १९ फाल्गुन २०७८, बिहीबार ०६:४९ प्रकाशित