कमल थापाद्धारा १६ जना पदाधिकारीमा मनोनयन, ६ जना उपाध्यक्ष

केन्द्रभाग मिडिया

काठमाडौं ।

राप्रपा नेपालका अध्यक्ष कमलले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् ।

गत फागुन ७ गते राप्रपा नेपाललाई पुनर्गठन गरेका थापाले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका हुन् । जसअनुसार उनले ६ जनालाई उपाध्यक्ष बनाएका छन् भने ४ जनालाई महामन्त्री र ६ जनालाई सहायक मन्त्री बनाएका छन् ।

राप्रपा प्रवक्ता सुरेश आचार्यले जारी गरेको विज्ञप्तिमा राजीब पराजुली (पर्सा), उद्धव पौडेल (काठमाडौं), जयकुमार खड्का (काठमाडौं), राजेन्द्र वीर राय (बाँके), डा विष्णु भण्डारी (तनहुँ)र लाक्पा तामाङ (धनकुटा) उपाध्यक्ष चयन भएका छन् । आज मनोनयनमा परेकामध्ये उपाध्यक्ष लाक्पाले आफू अध्यक्ष रहेको राप्रपा नेपाल कमल थापाको जिम्मा लगाएका थिए ।

उनले कमल थापाले राप्रपा परित्याग गरेपछि थापालाई पार्टी बुझाएका हुन् । यसैगरी महामन्त्रीमा भास्कर भद्रा (ललितपुर), सुशिल श्रेष्ठ (महोत्तरी), इन्द्र चित्रकार (काठमाडौं) र राजाराम बर्तौला (मकवानपुर) मनोनित हुँदा सहायक महामन्त्रीमा हरिकृष्ण श्रेष्ठ (सुनसरी), धरम गुरुङ (पर्वत), अम्बिका प्रसाद ढकाल (भोजपुर), शिव कुमार बास्तोला (कास्की), ममता राई (झापा) र शशिरञ्जन यादव (महोत्तरी) चयन भएका छन् ।

  • १८ फाल्गुन २०७८, बुधबार १६:५२ प्रकाशित