बुद्ध एयरले सुर गर्‍यो पोखरा–धनगढी सीधा हवाई उडान

केन्द्रभाग मिडिया

पोखरा ।

बुद्ध एयरले पोखरा –धनगढी सीधा हवाई उडान सुरु गरेको छ ।

बुद्ध एयरले आज(बुधबार)देखि उडान सुरु गरेको हो । नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकीको पहलमा सीधा उडान सुरु गरिएको हो । धनगढीमा साताको हरेक आइतबार, बुधबार र शुक्रबार उडान हुने छ ।

बिहान ११ः ४० मा पोखराबाट धनगढी उड्ने जहाज धनगढीबाट १२ः ५० मा फर्किनेछ । ५५ मिनेट उडानका लागि ६ हजार नौ सयदेखि १२ हजार दुई सयसम्म भाडा तोकिएको छ ।

बुधबार नाट्टाको टोली पर्यटन प्रर्वद्धन भ्रमणका लागि धनगढीतर्फ लागेको छ । शुक्रबार सुदूरपश्चिमका तीन जना मन्त्रीसहित टोली पोखरा आउने नाट्टाका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए ।

केही समयपछि नै भद्रपुर र विराटनगरमा पनि हवाई उडानको तयारी छ । यसअघि मधेश प्रदेशको सिमरा, बागमतीको राजधानी काठमाडौंसहित भरतपुर, लुम्बिनीको भैरहवा र नेपालगन्जमा पोखराबाट सीधा उडान हुँदै आएको छ । यो सँगै पोखराबाट प्रदेश १ र कर्णालीबाहेक सबै प्रदेशमा सीधा हवाई कनेक्सन जोडिएको छ ।

  • १८ फाल्गुन २०७८, बुधबार १६:३७ प्रकाशित