पोखरामा बर्डफ्लु पुष्टि, पंक्षी र पंक्षीजन्य पदार्थको ओसारपसारमा रोक

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराका दुई स्थानमा बर्डफ्लु पुष्टि भएको छ । वडा नम्बर १५ र १७ मा स्थानीय व्यक्तिले घरमा पालेका कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि भएको हो ।

प्रदेश बर्डफ्लु नियन्त्रण केन्द्रका जनसम्पर्क तथा सञ्चार अधिकृत डा. गृष्म न्यौपानेले बर्डफ्लु पुष्टि भएको जानकारी दिए । पोखरा १५ खुशीमान गुरुङको घरमा पालिएका र पोखरा १७ का खेमबहादुर क्षेत्रीको घरमा पालिएका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो ।

कुखुरा मर्न थालेपछि ६ फागुनमा गुरुङले परीक्षणका लागि ल्याएको कुखुराको आरडीटी परीक्षणमा गरिएको थियो । परिक्षण रिपोर्ट पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाईएकोमा १५ फागुनमा वर्डफ्लु पुष्टि भएको न्यौपानेले बताए ।

उक्त क्षेत्रमा २७ फागुनसम्म पंक्षी र पंक्षीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ । चार किल्ला क्षेत्र भित्रका किसानले पालेका पंक्षी (हाँस, कुखुरा, परेवा) र पंक्षी जन्य पदार्थ(मासु, अण्डा, दाना र सुली लगायत) नष्ट गरिने छ ।

  • १८ फाल्गुन २०७८, बुधबार १४:३७ प्रकाशित