पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।

दिउँसो प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

  • १८ फाल्गुन २०७८, बुधबार ०६:४९ प्रकाशित