युक्रेनको खारकिएभमा एक भारतीय विद्यार्थीको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुस र युक्रेनबीचको द्धन्द्धमा परि भारतीय एक विद्यार्थीको ज्यान गएको पुष्टि भएको छ । भारतीय विदेश मन्त्रालयले युक्रेनमा आफ्नो विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीटमा लेखेका छन्, ‘खारकिएभमा गोलीबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको कुरा गर्दा हामीलाई गहिरो चोट लागेको छ । मन्त्रालय परिवारको सम्पर्कमा छ र मेरो सहानुभूति परिवारप्रति छ ।’

अरन्दिम बागचीले ट्वीटमा लेखेका छन्, ‘विदेश सचिव रुस र युक्रेनका अधिकारीसँग कुरा गरिरहेका छन् र भारतीय नागरिकलाई सुरक्षित त्यहाँबाट निकाल्न माग गरिरहेका छन् । ’

  • १७ फाल्गुन २०७८, मंगलवार १६:०५ प्रकाशित