पल प्रकरणः नायिका रेखा र ऋचाले भने,‘२० वर्ष मुनिका नाबालिगको संरक्षण गर्नु समाजको दायित्व हो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

अभिनेता पल शाह र गायिका समिक्षा अधिकारी प्रकरणबारे चर्चित नायिका रेखा थापा र ऋचा शर्माले आफ्नो धारणा राखेका छन् । रेखा र ऋचाले २० वर्ष मुनिका नाबालिकाको संरक्षण गर्नु समाजको दायित्व भएको भन्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

रेखाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छन्, ‘२० वर्षमुनिका छोरीहरु बालिका हुन्, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो । कोसँग लभ छ रु कति पटक यौन सम्पर्क भयो रु यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएको नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।’

अर्की अभिनेत्री ऋचाले लेखेकी छन्, ‘मुलुकी अपराध संहिताले १८ वर्षमुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो भन्छ । कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेका कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो । राज्य भनेको हामी पनि त हौ नि । हैन र रु १८ वर्षमुनिकाको सहमतिमै यौन सम्बन्ध भएपनि बलात्कार ठहरिनुको कानुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै । अनि नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रबन्ध गरिएको हो । यति बुझौं नाबालिगकै करमा पनि कसैले सम्बन्ध राख्यो भने त्यो बलात्कार हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न । मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण कानुनको सम्मान हो ।’

नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अभिनेता पल शाह केही दिनदेखि जिल्ला प्रहरी कार्यालय, तनहुँको हिरासतमा छन् ।

अदालतले पललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

  • १७ फाल्गुन २०७८, मंगलवार १३:४१ प्रकाशित