धरानको एक होटलमा महिलाको शव भेटियोः हत्याको आशंका

केन्द्रभाग मिडिया

सुनसरी ।

सुनसरीको धरानमा एक होटलमा महिलाको शव भेटिएको छ ।

धरानस्थित १८ बुद्धचोकस्थित न्यू कान्तिप‍ूर होटल एन्ड गेस्ट हाउसको कोठामा महिलाको शव फेला परेको हो । मंगलबार आज बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।मृत भेटिएका महिलासँग एक पुरुष पनि बस्दैँ आएका थिए ।पुरुष भने फरार रहेको प्रहरीले जनाएको छ।

होटल सञ्चालक सुशील जिमीका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नम्बरको कोठा बुक गरेर बसेका थिए । बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठामा छिरेका कर्मचारीहरूले बेडमा सुतेकै अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सोमबार बेलुकासम्म महिलासँगै एक पुरुष पनि सँगै बसे पनि बिहान भने ती पुरुष थिएनन् । फरार रहेका ती पुरुष र मृतक महिलाबीचको सम्बन्ध खुल्न सकेको छैन ।

धरानस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार महिलाको सनाखत हुन सकेको छैन ।

  • १७ फाल्गुन २०७८, मंगलवार १३:१५ प्रकाशित