चर्चित फुटबलर ‘पेले’अस्पतालबाट डिस्चार्ज

केन्द्रभाग मिडिया

काठमाडौं ।

ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।कोलोन ट्युमर र पिसाब नलीको सङ्क्रमणबाट पीडित पेले उपचारपछि डिस्चार्ज भएका हुन् ।

पिसाब नलीको सङ्क्रमण निको भएको तर कोलोन ट्युमरको उपचार निरन्तर रहने अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ ।

८१ वर्षीय पेले उपचारका लागि गएको फेब्रुअरी १३ तारिखमा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका थिए ।

पेलेको गएको वर्ष सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । पेले आफ्नो फुटबल जीवनमा ब्राजिलका ९२ खेलमा ७७ गोलकर्ता तथा चार वटा विश्व कपमा गोल गर्ने चार खेलाडी मध्येका एक हुन् ।

  • १७ फाल्गुन २०७८, मंगलवार १०:४० प्रकाशित