जबरजस्ती करणीको आरोप लागेका पूर्वमन्त्री विमानस्थलबाटै पक्राउ

केन्द्रभाग मिडिया

रूपन्देही ।

पूर्वमन्त्री तथा नेकपा एमालेका मुगुका सांसद मोहन बानियाँ जबरजस्ती करणी अभियोगमा विमानस्थलबाटै पक्राउ परेका छन्।सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जुम्लाकी शिक्षिका तथा माओवादी नेतृ शान्ति शाहीले बाँके प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले उनको खोजी गरेको थियो ।

दुई साताअघि जाहेरी परेपनि संसद चलेको, सभामुखको स्वीकृत आवश्यक लगायतका झमेलाले प्रहरीले आरोपित सांसदलाई पक्राउ गर्न समस्या परेको थियो ।

बाँकेस्थित होटल अप्सरामा जबरजस्ती करणी गरेको भन्दै ती शिक्षिका शाहीले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।

पीडित भनिएकी महिलाले बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर बिहानीपख जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख छ । माघ १८ गते होटलमा २५ लाख दिने भनेर बोलाएको तर रकम नदिई आफूलाई जबर्जस्ती करणी गरेको शाहीले उजुरी दिएकी छन् भने सामाजिक सन्जालमै सार्वजनिक गरेकी छन् ।

बानियाले भने आफूलाई राजनीतिक रूपमा फसाउन खोजेको दावी गर्दै आएका छन् ।

  • १७ फाल्गुन २०७८, मंगलवार ०९:०४ प्रकाशित