रुस-युक्रेन वार्ताः युद्ध रोक्ने युक्रेनको प्रस्ताव ठाडै अस्वीकार

केन्द्रभाग मिडिया

काठमाडौं ।

युक्रेनमाथि लगातार आक्रमण गरिरहेको रुस र युक्रेनबीचको पहिलो वार्ता सकिएको छ।

युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरूबीच हिजो पहिलो चरणको वार्ता भएको थिया। वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ ।

थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।दोस्रो चरणको वार्ता अघि दुबै देशका अधिकाहरी थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन्।

  • १७ फाल्गुन २०७८, मंगलवार ०८:४४ प्रकाशित