गण्डकी अपडेटः २१ जनामा संक्रमण पुष्टि

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा १४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १९१ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

संक्रमित हुनेमा कास्कीका ८, म्याग्दीका ५, तनहुँ १, स्याङ्जाका १ र बागलुङका ६ जना रहेका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ८७९ पुगेको छ भने निको हुनेको संख्या १ लाख १६९ पुगेको छ ।

हाल प्रदेशमा २४६ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये २३५ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६४ रहेको छ ।

  • १६ फाल्गुन २०७८, सोमबार १६:३१ प्रकाशित