गठबन्धबाट अलग हुने जनमोर्चाको निर्णयसगैँ गण्डकी सरकार दवावमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
एमसीसी पास गरेको भोलिपल्ट सत्ता गठबन्धन फुटेको छ । राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।

यसको असर संघीय सरकारमा प्रत्यक्ष पर्ने छैन । तर पाचँ दलीय गठबन्धनको सरकार रहेको गण्डकीमा भने जनमोर्चाको निर्णये सरकार अप्ठ्यारोमा परेको छ। जनमोर्चाले प्रदेश सरकरालाई दिएको समर्थन फिर्ता लिने वारे अहिले बोलीसकेको छैन तर गठबन्धनबाट अलग हुने जनमोर्चाको निर्णयले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार भने अल्पमतमा पर्ने देखिन्छ ।

बहुमतका लागि ३० सांसद आवश्यक पर्छ, गठबन्धनसंग दलको एक सांसद सभामुख छन् । जसको कारण गठबन्धनसंग मतगणना हुने संख्या २९ मात्र हुन्छ ।

गण्डकीको संसद ५९ सदस्यीय छ । जसमध्य एमालेका २७ सांसद छन् । गठबन्धनमा अहिले ३२ सांसद छन् । जनमोर्चाका २, जनता समाजवादी पार्टीका २, नेपाली काग्रेस १५ र माओवादी केन्द्रका १२ सांसद छन् । माओवादीका सांसद नेत्रनाथ अधिकारी सभामुख हुन् ।
प्रतिपक्ष दल नेकपा एमालेलाई भने सरकार बनाउन सजिलो र्छैन । २७ सांसद रहेको एमालेले जनमोर्चा र स्वातन्त्र सांसदको पनि समर्थन प्राप्त गर्नुपर्छ ।

स्वतन्त्र सांसद राजिव गुरुङ दिपक मनाङेले साथ दिन सक्ने बढि सम्भावन भए पनि जनमोर्चाले यस पहिले एमालेलाई साथ छाडेकै कारण पृथ्वी सुब्वा गुरुङ नेतृत्वको सरकार ढलेको थियो ।

जनमोर्चाले यस वारे केही दिन पछि मात्रै निर्णय गर्ने जनाएको छ ।

  • १६ फाल्गुन २०७८, सोमबार १६:०३ प्रकाशित