रसियाको फुटबल टोलीलाई फिफाले भन्यो झण्डा र राष्ट्रिय गान बिना खेल्नु

केन्द्रभाग मिडिया

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रसियालाई आगामी खेलहरुमा तटस्थ भूमिुका रुपमा फुटबल युनियन अफ रसियाको नामले खेल्न निर्देशन दिएको छ। युक्रेनमाथि आक्रमण गरेपछि आलोचना ब्यहोरिरहेको रसियाको फुटबल टोलीलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानबाहेक नै प्रतिस्पर्धा गर्न निर्देशन दिइएको हो।

विश्वकप छनोटका खेलहरु नजिकिँदै गर्दा केही देशहरुले रसियाविरुद्ध खेल्न अस्वीकारसमेत गर्दै आएका छन्। जसमा इङ्ग्ल्याण्ड, वेल्स, पोल्याण्ड, चेक रिपब्लिक, स्वीडेनलगायतका मुलुकहरु छन्।

रसियाली राष्ट्रपति भ्लादमीर पुटिनको निर्देशन पछि बिहीवार युक्रेनमाथि आक्रमण सुरु भएको थियो। अहिले युक्रनेको राजधानी कीभसँगै अन्य क्षेत्रमा भिडन्त जारी छ।

यसअघि रसियासँग खेल्न अस्वीकार गरेको पोल्याण्ड फुटबल संघका अध्यक्ष सेजरी कुलेस्जले फिफाको निर्णय पूर्णत अस्वीकार्यु भएको बताएका छन् भने स्वीडिश एफए र चेक रिपब्लिक एफएले रसियासँग नखेल्ने आफ्नो अडान दोहोर्याएका छन्।

हामी यो खेलमा भाग लिन इच्छुक छैनौं। हाम्रो अडान यथावत छस् पोल्याण्डको राष्ट्रिय टोलीले रसियासँग खेल्ने छैन, टोलीको नाम जस्तोसुकै भए पनि, उनले भने।

स्वीडिश एफएका अध्यक्ष कार्ल(एरिक निल्सनले पनि फिफाको निर्णयबाट सन्तुष्ट नरहेको बताएका छन्।

हाम्रो विचार आज पनि फरक छैन र युक्रेनको अवस्था परिवर्तन भएको छैन। हामीले फिफाबाट सन्देश पाएका छौं, आज हामीसँग अरू कुनै राय छैन, उनले भनेका छन्, हामी पोल्याण्ड र चेक गणतन्त्रसँग पनि कुरा गर्न चाहन्छौं ताकि हामीले फिफालाई आफ्नो निर्णय फेरि दिन सकौं। हामीले फिफाबाट कडा अडानको अपेक्षा गरेका थियौं।

शुक्रवार युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएको बोर्ड बैठकले च्याम्पियन्स लिगको फाइनल रसियाबाट सार्ने निर्णय गरेको थियो।

युरोपको पुरुष फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग मे ८ मा सेन्टपिटरबर्गस्थित क्रिस्टोभ्स्की रंगशालामा हुने तालिका थियो। सरकारी स्वामित्वको कम्पनी गाजप्रोमको प्रायोजनमा रहेको उक्त स्टेडियममा २०१८ को फिफा विश्वकप र २०२० युरोकपका खेलहरुसमेत भएका थिए।

  • १६ फाल्गुन २०७८, सोमबार १४:५७ प्रकाशित