बन्द गराउँदै हिँडेका १७ बन्दकर्ता बुटवलबाट पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

रुपन्देही ।

बन्द गराउँदै हिडेका १७ जना बन्दकर्ता बुटवलबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलको अनुसार बुटवलको बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार वामपन्थी नेता तथा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, वीरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरा लगायत १७ जनालाई गिरफ्तार गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

विप्लव नेतृत्वको नेकपासहित ६ दलले एमसीसी सम्झौता संसदबाट पारित भएको विरोधमा सोमबार नेपाल बन्द आह्वान गरेका हुन् ।

  • १६ फाल्गुन २०७८, सोमबार १४:५२ प्रकाशित