युक्रेनमा फसेका २४४ नेपाली सुरक्षित गन्तव्यमा पुगे

केन्द्रभाग मिडिया

रुस।

युक्रेनमा फसेका २४४ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेको बताइएको छ।

रुसले युक्रेनमाथि आक्रमण गर्दा अन्योलमा परेका उनीहरु सुरक्षित गन्तव्यमा पुगेको गैरआवासीय नेपाली सङ्घ एनआरएनएद्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवंम उद्धार उच्चस्तरीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डामा ६०, स्लोभाकिया र रोमानियामा १२/१२, हङ्गेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेको जनाएको छ । सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपालीहरु दोस्रो देश जान रोकिएका छन् ।

उनीहरुले आज साँझसम्म सीमा पार गर्न सक्ने अनुमान गरिएको छ ।

  • १६ फाल्गुन २०७८, सोमबार १४:३८ प्रकाशित