प्रचण्डको सचिवालयले भन्यो : एमसीसी पास गरेर पार्टी गम्भीर दुर्घटनाबाट बच्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले संसदबाट एमसीसी पास गराएर देशसँगै पार्टीलाई गम्भीर राजनीतिक दुघर्टनाबाट बचाएको दाबी गरेको छ ।

गएराति एमसीसी पास भएलगत्तै प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले सामाजिक संजालमा लेख्दै सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बँचिएको दाबी गरेकी हुन् ।

‘एमसीसीको सवालमा घटनाक्रमलाई मात्रै नियालेर गहिराइसम्म पुग्न सकिँदैन । एकपटक सोचौं हाम्रो देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको छ । पार्टी नेतृत्वलाई विश्वास गरौं । धेरै विचार र विवेक पुर्याएर यो निर्णयमा पुगिएको हो । संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौं । नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं’, उनले लेखेकी छन् ।

उनले विकसित घटनाक्रमबारे अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने पनि बताएकी छन् ।

  • १६ फाल्गुन २०७८, सोमबार ०९:४८ प्रकाशित