बन्द प्रभावः पोखरामा सार्वजनिक सवारी ठप्प

केन्द्रभाग मिडिया

File photo

पोखरा।

लामो कसरत पछि सरकारले हिजो संसदबाट एमसीसी पारित गरेपछि असन्तुष्ट दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको प्रभाव पोखरामा सामान्य परेको छ।

बन्दको कारण सार्वजनिक सवारी ठप्प छन् भने निजि सवारीसाधन भने चलिरहेका छन् । पोखराका मुख्य चोक,बजारका पसलहरु केही मात्रामा खुलेका छन् । भित्री गल्लीहरुमा भने निर्वाध पसलहरु खुला रहेका छन् ।

बजार केही खुल्ने र नखुल्ने हुदाँ सर्वसाधारण आफ्नो नियमित कामकाजमा जानका लागि अलमलमा परेका छन् । यद्यपि जिल्ला प्रहरी कार्यालय कास्कीले सर्वसाधरणलाई ढुक्क भएर आफ्नो काममा जान आग्रह गरेको छ।

बजारका मुख्य चोकचोकमा सुरक्षाका लागि प्रहरी तैनाथ रहेकाले त्रसित नबन्न र ढुक्क भएर हिड्न कास्की प्रहरी प्रवक्ता सुन्दरमणि तिवारीले आग्रह गरेका छन् । उनले भने,‘ बजारका मुख्य चोक र सडकमा सुरक्षाकर्मी तैनाथ गरेका छौँ, तपाई ढुक्क भएर आफ्नो नियमित काममा लाग्नुस।’ पोखरामा हालसम्म त्यस्तो त्रसित हुने अवस्था छैन, बन्द सामान्य मात्र छ।’
पोखराका शैक्षिक संस्थाहरु बन्द रहेका छन् ।

नेकपा माओवादी सहित ६ दल र दुई कम्युनिष्ट मोर्चाले भोली नेपाल बन्दको घोषणा गरेका हुन् ।

  • १६ फाल्गुन २०७८, सोमबार ०८:५२ प्रकाशित