पल शाहमाथि ७ दिन हिरासतमा राखेर अनुसन्धान हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नायक पल शाहलाई जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।तनहुँ जिल्ला अदालतले शाहमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न म्याद थप गरेको हो ।

शाह आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो ।एक नाबालिकाले गत फागुन ११ गते शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज खड्काले शाहविरुद्ध आवश्यक अनुसन्धान हुने बताए ।

प्रहरीले अधिकतम २५ दिनसम्म शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

  • १५ फाल्गुन २०७८, आईतवार १६:४७ प्रकाशित