झलनाथले भने,‘तपाईं हामी भेडा बाख्रा हैनौं,एमसीसी पारित नगरौँ’

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

सत्तारुढ दलका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शर्तैशर्तले बेरिएको एमसीसी आफुहरुलाई मान्य नहुने भन्दै पारित नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने सत्तागठबन्धनको निर्णयप्रति आपत्ति जनाउँदै खनालले यस्तो आग्रह गरेका हुन् ।

उनले सम्झौताको सम्पूर्ण बुँदामाथि सार्वभौम संसद्‌मा छलफल गर्ने वातावरण नबनाइ पारित गर्न खोज्‍नु आपत्तिजनक रहेको बताएका हुन् ।उनले भने,’एमसीसीका दस्तावेजहरु सदनमा नल्याइकन कसरी हुन्छ । तपाईं हामी भेडा बाख्रा हैनौं ।

उनले सन्धि र सम्झौता सबै सांसदहरुले छलफल गर्न पाउनुपर्ने बताए । ‘एमसीसी र एमसीए नेपालबीचका थुप्रै पत्रचार भयो । यो झलनाथ खनालको पालाबाट सुरु भएको भनियो तर मेरो पालामा भएकै छैन, उनले भने, ‘हामी अमेरिका विरोधी होइन । नेपालले कुनै पनि देशलाई शत्रु भनेको छैन । तर सर्तहरु राखेर कुनै पैसा दिइन्छ भने त्यो पैसा चाहिँदैन । नेपालले आफैंले विकास गर्नसक्छ । तर, अन्त्यत महत्त्वपूर्ण विषयमा छलफल नगराइकन पास गर्न खोज्नु आपत्तिजनक छ ।’

  • १५ फाल्गुन २०७८, आईतवार १६:३१ प्रकाशित