एमसीसी अनुमोदन गर्ने नकपा एसको निर्णय

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ ।

भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै एमसीसी अनुमोदन गर्ने निर्णय गरेको सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

यसअघि एकीकृत समाजवादीले यथास्थितीमा एमसीसी अनुमोदन गर्न नहुने अडानमा थियो । नेकपा माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।

आजको संसद बैठकमा एमसीसी पास गर्ने सरकारको तयारी छ । त्यसका लागि मन्त्रिपरिष्द्को बैठक बोलाइएको ।

  • १५ फाल्गुन २०७८, आईतवार १५:०९ प्रकाशित