रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर छिरे

केन्द्रभाग मिडिया

पोखरा ।
यसअघि उत्तर–पूर्वी सहर खार्किभको एक नौ तले भवनमा रुसी रकेट आक्रमण हुँदा एक महिलाको मृत्यु भएको राज्य आपत्काल सेवाले जनाएको थियो।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभलाई रुसले फेब्रुअरी २४ देखि नै निसानामा खारेको छ।

उता राजधानी किएभमा भने बिहान ७ः३० सम्म रुसले कुनै आक्रमण गरेको छैन। शनिवार राति आक्रमण हुनसक्ने चेतावनी दिइएको भए पनि त्यहाँको अवस्था शान्त रहेको नगर उपप्रमुख माइकोला पोभोरोज्न्याकले बताए।

रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभ प्रवेश गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले साना सैन्य सवारीहरू सहर छिरेको बताए।

यसअघि नै रुसी सैन्य कारहरू खार्किभको सडकमा गुडेका भिडिओहरू सार्वजनिक भएका थिए।

सिनेगुबोभले सबै नागरिकलाई घरभित्रै रहन भनेका छन्।

आफ्नो वासस्थान नछोठ्नुहोस्। युक्रेनको सशस्त्र सेनाले शत्रुलाई पराजित गर्दै छन्। नागरिकहरूलाई सडकमा ननिस्कन अनुरोध गरिएको छ।

  • १५ फाल्गुन २०७८, आईतवार १४:२३ प्रकाशित