दुई घण्टा पहिल्लै संसद भवन पुग्न कांग्रेस सांसदलाई ह्विप

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ नेपाली कांग्रेसका सांसदहरु संसद भवनमा उपस्थित हुन थालेका छन् । कांग्रेसले पार्टीका सांसदलाई बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न जारी गरेको निर्देशन अनुसार सांसदहरू संसद भवन भित्र प्रवेश गरिरहेका छन् ।

आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको थियो । निर्देशनअनुसार कांग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद भवन पुगिसकेका छन् । संसदीय दलको कार्यालयले बिहानै संसद भवनमा पुग्न निर्देशन दिएको थियोे ।

  • १५ फाल्गुन २०७८, आईतवार १२:५१ प्रकाशित