माओवादीमा फुट : एमसीसी अनुमोदन गर्ने निर्णयमा पाँच नेताको असहमति

केन्द्रभाग मिडिया

काठमाडौं ।
एमसीसी पास गर्न नहुने अडानमा रहेको माओवादी पार्टी अन्तत अनुमोदनको पक्षमा उभिएको छ । पार्टीको अनुमोदन गर्ने निर्णयविरुद्ध माओवादी बैठकमा पाँच सिनियर नेताले असहमति जनाएका छन् ।

अध्यक्ष प्रचण्डले गठबन्धान र संविधान जोगाउन एमसीसी पारित गर्नुपर्ने बाध्यात्मक अवस्था आएको व्रिफङ गरेका थिए । तर प्रचण्डको उक्त प्रस्तावमा माओवादीका शिर्ष नेतृत्व तहका नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका हुन् ।

मौखिक असहमती जनाएक ती नेताले लिखित असहमति भने गरेका छैनन् । नेता लिलामणी पोखरेलले एमसीसीको पक्षमा उभिदा अहिलेसम्मको आन्दोलन र पार्टीको एजेण्डा औचित्य पुष्टि नहुने बताए ।

बैठकमा प्रचण्डले व्याख्यात्मक टिप्पणीको ड्राफ्ट बाँडेका थिए ।

  • १५ फाल्गुन २०७८, आईतवार ११:३४ प्रकाशित