माझठानामा कांग्रेसको टोल समिति गठन

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस पोखरा २८ साविक माझठाना ९ को टोल समिति गठन भएको छ । सुकदेव लामिछानेको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको कांग्रेस पोखरा २८ का नेता जिवन तिवारीले जानकारी दिए ।

समितिको उपसभापतिमा कृष्ण बहादुर दबुढाथोकी, महिला उपसभापतिमा तारा देववी कडेल, सचिवमा निरोज लामिछाने, सह–सचिवमा शिव भुजेल, कोषध्यक्षमा विष्णुमाया लामिछाने निर्वाचित भएका छन् ।

सदस्यहरुमा सुमन कार्की, तुलसी थापा, गोपाल कडेल, समित कडेल, बालकुमारी थापा, सरिता थापा, विमला थापा, सूर्यबहादुर केसी, सुजन कडेल निर्वाचित भएका छन् ।

त्यस्तै भेलाले ७ सदस्यीय सल्लाहकार समित पनि चयन गरेको छ । समितिको सल्लाहकार संयोजकमा टिकाराम लामिछान, छुडामणी कडेल, बुद्धिमाया लामिछाने, रुद्रनाथ लामिछाने, मिनबहादुर थापा, हरि बुढाथोकी र नारायण लामिछाने चयन भएका छन् ।

भेलालाई सम्बोधन गदै प्रमुख अतिथि महासमिति सदस्य विकाल लामा गुरुङले स्थानीय तहको निर्वाचनलाई लक्षित गदै पार्टीले संगठन निर्माणमा जोड दिएको बताए । उनले वडानम्बर २८ मा कांग्रेका मत संरक्षण गर्न सके मात्र पनि कांग्रेस उम्मेदवार विजयी हुने भएकाले मतको रक्षा गर्नु पहिलो उदेश्य हुने बताए ।

कार्यक्रममा महासमिति सदस्य माया वराल, श्री कृषण लामिछाने, डाल्ला देवी भुजेल, सरोज केसी, कृर्तीबल्लभ त्रिपाठी, विश्रमण अधिकारी, छुडामणी कडेल लगायतले भनाई राखेका थिए ।

कांग्रेस कास्कीले संगठन सुधार अन्र्तगत टोल टोलमा समिति गठनमा गरिरहेको छ ।

  • १४ फाल्गुन २०७८, शनिबार २१:०४ प्रकाशित