पुतलीबजार- १३ को बिर्ता, यावदी र गिजिन्डाँडामा एमालेको टोल कमिटी गठन

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेकोे पुतलीबजार नगरपालिका वडा नम्बर १३ अन्तर्गत बिर्ता, यावदी गिजिन्डाँडा भञ्ज्याङ्टोलमा भेला सम्पन्न भएको छ । उक्त भेलाबाट टोल कमिटीको अध्यक्षमा नेत्र नारायण गौतमलाई चयन गरेको छ ।

कमिटीको उपाध्यक्ष गंगाराम तिवारी, चनय भएका छन् । सचीबमा गणेश अर्याल, उप सचिवमा मिना तिवारी र ज्योतिका काफ्ले सहित १३ सदस्यीय कमिटी चयन गरिएको उपसचिव गणेश अर्यालले जानकारी दिए ।

यस अघि भेलालाई सम्बोधन गर्दे एमाले गण्डकी प्रदेश सदस्य ध्रुर्वराज अधिकारीले एमसीसी पक्षमा एमाले जान नहुने धारणा राखे । उनले एमसीसी इन्डो प्यासिफिक रणनीतिको एक अंग रहेको भन्दै नेपाल जस्तो सार्वभौम असंलग्न पराराष्ट नीति लिएको मुलुकले एमसीसीलाई स्विकार्न नहुने उनको प्रष्टोक्ति थियो ।

वि.स. २००६ सालमा स्थापना भएर अगाडि बढेको कम्युनिष्ट आन्दोलन अहिले पनि कांग्रेसभन्दा राष्ट्रवादी रहेको उनले औल्याए । कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नम्बर १३का वडाध्यक्ष ख्यामनारायण आधिकारी लगायतले बोलेका थिए ।

  • १३ फाल्गुन २०७८, शुक्रबार १८:३८ प्रकाशित