एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउन सक्छ : सुरेन्द्र पाण्डे

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन् ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रूपमा जोखिम र संकट पैदा हुनसक्ने बताएका हुन् ।

अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरूले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने उपाध्यक्ष पाण्डेले बताए ।

नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुकहरूसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उनले ती मुलुकसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा संकटमा फस्न सकिने तर्क गरे ।

उनले भने, ‘अहिले प्रसंगवश आइरहेको एमसिसीसँग कतै अन्तर्राष्ट्रिय सम्बन्धसँग रिलेटिभ भएर नयाँ क्राइसिसतर्फ देश जाने होइन रु यसतर्फको अध्ययन अलिकति तपाईंहरूले यसका प्रभावको बारेमा अध्ययन गर्नुपर्ने खाँचो देखिरहेको छु । समयमा नै हामीले परसम्म नेतृत्व क्षमता देखाउन सक्यौँ भने देशलाई लिएर जान सक्छौं अन्यथा देश संकटतर्फ जानसक्छ भन्ने देखिन्छ ।’

उपाध्यक्ष पाण्डेले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रको सम्बन्धमा गम्भिर हुनुपर्ने बताए । उनले ‘ अघिल्लो वर्ष १५ अर्ब ७० करोड रुपैयाँ थियो । आउने बेलामा ६र७ अर्ब खर्च गर्ने क्षमता भएन । पैसा आएन । त्यस्तै १०र१२ अर्ब चीनले देला । यस आधारमा हाम्रो अर्थतन्त्र सस्टेन गर्छ की गर्दैन । यसबाट उत्पन्न हुने प्रत्यक्ष अप्रत्यक्ष सम्बन्धहरु के हुन रु यो कुराको अध्ययन गरेर हामीले हाम्रा उपायहरु खोज्नुपर्छ । त्यसतर्फ हामी गम्भिर हुनुपर्छ ।’

  • १३ फाल्गुन २०७८, शुक्रबार १७:५० प्रकाशित