गण्डकी अपडेटः १२ जनामा संक्रमण, ४८ जना संक्रमणमुक्त

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा ४८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

संक्रमित हुनेमा कास्कीका १० जना र नवलपरासीका २ जना रहेका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ८३६ पुगेको छ भने निको हुनेको संख्या १ लाख एक सय पुगेको छ ।

हाल प्रदेशमा २७२ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये २६१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६४ रहेको छ ।

  • १३ फाल्गुन २०७८, शुक्रबार १५:३१ प्रकाशित