देउवा माधवबीच छुट्टै भेटः एमसीसी पारित गर्न नयाँ विकल्प खोजी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रबार मध्यान्ह प्रधानमन्त्री देउवालाई भेट्न नेपालले बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल भएको छ । उनीबीचको छलफलमा एमसीसी पारित गराउन नयाँ विकल्पको खोजी भएको छ ।

सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गराउन लाग्नुपर्नेमा देउवा र नेपाल सहमत भएका छन् । नेपालसँगको छलफलपछि काँग्रेस सभापति समेत रहेका देउवाले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका छन् । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की लगायतसँग छलफल थालेको बुझिएको छ ।

  • १३ फाल्गुन २०७८, शुक्रबार १४:५० प्रकाशित