संसद बैठक अघि आज पनि काँग्रेस–एमालेको वार्ता: कति छ सहमतिको सम्भावना ?

केन्द्रभाग मिडिया

काठमाडौँ ।

एमसीसीबारे लगातार छलफलमा जुटिरहेको सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच आज पनि वार्ता हुने भएको छ।

एमसीसी पास गर्न प्रयासरत प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिनिधि सभाको बैठक अघि छलफल हुने भएको हो।

समय र स्थान अहिले एकिन भइसकेको छैन । हिजो राति भएको छलफलअनुसार आज बसेर थप निष्कर्ष निकाल्ने तयारी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संशोधन बिना एमसीसी पास नहुने अडान लिएपछि देउवाले प्रतिपक्षीको साथ खोजिरहेका छन् ।

प्रधानमन्त्री देउवाले हिजो बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठक रोकेर संसद् भवनमै रहेको एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेतासँग छलफल गरेका थिए। त्यसपछि पुनः राति प्रधानमन्त्रीको सरकारी निवास ९बालुवाटार० मा पनि कांग्रेस र एमालेबीच वार्ता भएको थियो।

एमालेले पहिलो सर्त संसद्अ खुलाउनुपर्ने, सभामुख हटाउनुर्पो या माधव नेपाल सहितका १४ सांसद बर्खास्त गरिनुपर्ने त्यसपछि मात्रै अरू कुरा अगाडि बढ्ने बताउँदैँ आएको छ ।

माधव नेपाल, रामकुमारी झाँक्रीलगायत आफूले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले सांसदबाट हटाएको सूचना टाँस नगरेको भन्दै एमालेले गत भदौदेखि निरन्तर प्रतिनिधि सभाको बैठकमा अवरोध गरिरहेको छ।

  • १३ फाल्गुन २०७८, शुक्रबार १०:२८ प्रकाशित