रुसको हमलामा १३७ युक्रेनी मारिए

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुसले युक्रेनमा लगातार गरेको हमलामा परि १३७ जना युक्रेनीको ज्यान गएको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको र १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् ।

मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि रहेका छन् । सो हमलामा ज्यान गुमाउनेमा नेपाली छन छैनन् भन्ने अहिले यकिन हुन सकेको छैन । हाल सम्म आएका समाचारमा ज्यान गुमाउनेहरु युक्रेनीहरु रहेको उल्लेख गरिएको छ।

रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।

  • १३ फाल्गुन २०७८, शुक्रबार ०९:३१ प्रकाशित