कास्कीको रुपा गाउँपालिकाले पाचौँ स्थापना दिवश मनाउने

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको रुपा गाउँपालिकाले विविध कार्यक्रम गरी पाचौँ स्थापना दिवश मनाउने भएको छ । गाउँपालिकाले बिहिबार पत्रकार सम्मेलन गदै फागुन २३ गते स्थापना दिवशका अवसरमा खेलकुद, सास्कृतीक र सम्मानका कार्यक्रम आयोजना गरी मनाउ लागिएको जानकारी दिएको छ ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले पालिका स्थापना भएको अवसरमा पाचँ वर्षीय कार्यकालको स्वत पत्र सार्वजनिक गर्ने जनकारी दिए ।
ओझाले सडक, खानेपानी र कृषी, शिक्षा र स्वास्थ्यमा उल्लेख्य प्रगती भएको दावी गरे । पालिका स्थापना हुदाँ संरचनाको चरम अभाव थियो उनले भने, अहिले सबै वडामा वडा कार्यालयको भवन बनेको छ, शुशासन कायम गरेका छौँ ।

पालिका भित्र ८५ किलोमिटर सडक कालोपत्रे भएको १० किलोमिटर सडक पिच हुने क्रममा रहेको उनले जनकारी दिए । एक घर एक घारा कार्याक्रम अन्र्तगत ८५ प्रतिशत घरमा घारा पुगेको ५ प्रतिशत घारा पुर्याउन आयोजना अन्तिम चरणमा रहेको पालिकाले जनाएको छ ।

एक गाउँ एक उत्पादन कार्यक्रम सफल भएको र अहिले एक घर एक तरकारी टनेल कार्यक्रम संचालनमा रहेको सो कार्यक्रममा जानकारी दिइयो ।

पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार तयार गरिएको, युवा उद्यामीलाई प्रोत्साहन गरिएको पनि अध्यक्ष ओझाले बताए ।

शिक्षा तर्फ सबै विद्यालयमा पक्की भवन, अग्रेजी मध्यममा पठनपाठन, प्राविधिक विधलयको सुरु, शिक्षकका लागि तालिम, खेल मैदान निर्माण भएको ।

पालिकाले ४ जना डाक्टर सहित हस्पीटल संचालन ल्याएको, जसको कारण गाउँमा सहजै स्वास्थ्य सेवा पाएको गाउँपालिकाले जनाएको छ ।

  • १२ फाल्गुन २०७८, बिहीबार १८:१६ प्रकाशित