एमसीसी पास गर्न सभापति देउवालाई बलियो काध थाप्दैँ महामन्त्री गगन

केन्द्रभाग मिडिया

पोखरा ।

गठबन्धनमा सहमती जुट्न नसके पछि एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवा विपक्षी दलसंग लगातार वार्तामा छन् । गठबन्धनका दलसंगको छलफल निष्कर्षमा नपुग्ने निश्चित जस्तै भए पछि प्रधानमन्त्री देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ खोजेका छन् ।

प्रधानमन्त्रीलाई आफ्नो पार्टीबाट पूर्ण साथ छ । यसमा पनि एमसीसी पास गर्न प्रधानमन्त्रीलाई बलियो साथ दिएका छन् महामन्त्री गगन कुमार थापाले । थापा एमसीसीमा प्रतिपक्ष दलको समर्थन जुटाउन प्रधानमन्त्रीसगै वार्तामा छन् ।

विगतमा देउवा र थापाबीच पार्टी संचालनका विषयमा धेरै विवाद हुने गथ्र्यो । तर १४ औ महाधिवेशन पछि देउवाले थापालाई अगाडी सादै आएका छन् । सत्ता गठबन्धन भित्रको छलफलमा होस् या प्रतिपक्षसंगको छलफलमा गगन देउवाको साथै देखिन्छन् । थापाले पनि प्रधानमन्त्री एवं पार्टी सभापतिको बोलीमा हो मा हो थपेका छन् ।

उसोत एमसीसीको विरोध गर्नेहरुले गगनको चर्को विरोध गरिरहेका छन् । त्यसको प्रवाह नगरी थापा भने प्रधानमन्त्रीलाई ढाडस दिदै आन्तरिक व्यवस्थापनमा व्यस्त देखिन्छन् । आन्दोलनकारीको निशानामा परेका थापलाई सरकारले थप सुरक्षा समेत प्रदान गरेको छ ।

कांग्रेस सभापति समेत रहेका देउवाले थापालाई पार्टीको नेतृत्वमा ल्याउन चाहेको चर्चा समेत हुन थालेको छ । आफ्ना भनाई खरो रुपमा प्रस्तुत गर्न सक्ने थापा पार्टी भित्र र राष्ट्रिय रुपमा पनि चर्चीत नेताका रुपमा परिचित छन् ।

उनको आकर्षणलाई देउवा पनि इन्कार गर्न सक्ने अवस्थामा छैनन् । जसको कारण देउवा– थापाको सहकार्यले पार्टीमा निरन्तरता पाउने देखिन्छ ।

  • १२ फाल्गुन २०७८, बिहीबार १७:२१ प्रकाशित