राष्ट्रिय सहमति बिना एमसीसी पास हुँदैन : अर्थमन्त्री शर्मा

केन्द्रभाग मिडिया

पर्वत ।

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सहमति बिना अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास नहुने बताएका छन् । संसद बैठक छोडेर पर्वत पुगेका शर्माले एमसीसी पास गर्न राष्ट्रिय सहमति जुटाउनैपर्ने दाबी गरेका हुन्।

पर्वत उद्योग वाणिज्य संघको ४६औं स्थापना दिवस तथा ३९ औं साधारण सभालाई सम्बोधन गर्दै शर्माले एमसीसी अहिले राष्ट्रिय मुद्दा बनेको र सहजै समाधान हुन नसक्ने दाबी गरेका हुन् ।

‘एमसीसी अहिले राष्ट्रिय संकटको इस्यु र विषय बनेको छ । यसले समाज र पार्टीहरुलाई विभाजनमा ल्याएको छ,’ उनले भने, ‘त्यसबाट बच्नका लागि राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यकता छ । यसलाई आफ्नो गोरुको बाह्रै टक्काको कुरा गरियो भने नेपालमा ठूलो समस्या पैदा हुन्छ ।’

  • १२ फाल्गुन २०७८, बिहीबार १६:१४ प्रकाशित