तत्काल उद्धार गर्न युक्रेनमा रहेका नेपाली विद्यार्थीको आग्रह

केन्द्रभाग मिडिया

रुसले युक्रेनमाथि सैन्य कारवाहीको घोषणा गरेपछि त्यहाँको अबस्था तनावग्रस्त बनेको छ । विभिन्न देशहरुले सुरक्षाको कारण देखाउँदै आफ्ना नागरिकहरुलाई स्वदेश फकर्न निर्देशन दिइरहेका छन् । तर नेपाल सरकारले भने आफ्ना नागरिकलाई फर्काउन चासो दिएको छैन ।

त्यहाँको राजधानी किभसहित ठूला सहर खर्किभ, मोल्डोभा, ओडेसामा बस्ने नेपाली विद्यार्थीले आफ्नो उद्धारका लागि आग्रह गरेका छन् ।
युक्रेनस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष हरि मल्लले पनि स्वतन्त्र राज्य घोषणा भएका दोनेत्सक र लुहाँस्क मात्रै होइन, युक्रेनका अन्य भागमा पनि क्षेप्यास्त्र आक्रमणसँगै असुरक्षाको संकेत बढिरहेको जानकारी दिए ।

तर, युक्रेनमा स्थायी रूपमा बसोबास गर्दै आएका ३८ नेपाली र ट्रान्जिटमा रहेका विद्यार्थीसहितको स्थितिका बारेमा सक्दो अपडेट लिने काम भइरहेको उनले बताए । युरोपेली मुलुकमा जानका लागि ट्रान्जिटमा राजधानी किभ तथा ओडेसा, मोल्डोभामा रहेका २ सयभन्दा बढी नेपाली पनि मिलेसम्म घर फर्कने सोचाइमा छन् ।

  • १२ फाल्गुन २०७८, बिहीबार १४:५९ प्रकाशित