एमसीसीबारे जसपाले कित्ता क्लियर गरेनः सांसदले आफ्नो विवेक प्रयोग गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आजदेखि प्रतिनिधिसभामा एमसीसीमाथि छलफल सुरु हुँदैछ तर सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)नेपालले अझै ‘कित्ता क्लियर’ गर्न सकेको छैन ।

संसदमा एमसीसीको पक्षमा उभिने कि विपक्षमा भन्नेबारे जसपा नेपाल अनिर्णित बनेको हो । एमसीसीबारे प्रतिनिधिसभामा छलफल हुँदा जसपाका कतिपय सांसद पार्टीको निर्देशन कुरेर बसेका छन् भने कतिपय सांसदले आफ्नै विवेक प्रयोग गरेर बोल्ने भएका छन् ।

जसपामा एमसीसीलाई लिएर दुई पक्ष देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा छन् तर उनले हालसम्म आधिकारिक धारणा ल्याएका छैनन् । सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई भने एमसीसीको पक्षमा छन् ।

भट्टराईले पार्टीका सांसदहरुलाई भेटेर एमसीसीको पक्षमा बोल्न आग्रह गरिरहेका छन् । पार्टीका १९ जना सांसदमध्ये १२ जनाभन्दा बढी एमसीसीको पक्षमा रहेको बाबुराम पक्षको दाबी छ ।

  • १२ फाल्गुन २०७८, बिहीबार १३:०८ प्रकाशित